वामगठबन्धनकी बिना तेब्बरले मतका साथ अग्रस्थानमा


 


कञ्चनपुर, मंसिर २२
कञ्चनपुर–१ मा वामगठबन्धनकी उम्मेदवार बिना मगरले आफ्नो अग्रता फराकिलो पारेकी छन ।

यसअघिको गणनामा १ सय ८२ मतले अघि सरेकी मगरले पछिल्लो गणनामा कांग्रेस उम्मेदवारलाई १ हजार ३ सय ३ मतले पछाडि पारेकी हुन ।

पछिल्लो मतगणना अनुसार मगरले १ हजार ८ सय २४ मत पाएकी छन् भने कांग्रेसका दिवानसिंह बिष्टले ५ सय २१ मतमात्र पाएका छन । मतगणना परिणाम अनुसार बिना तेब्बरले मतका साथ अग्रस्थानमा छिन ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्