झापा ५ मा एमाले अध्यक्ष ओलीले कति मत ल्याए ? (अपडेट)


 


झापा मंसिर २२
एमाले अध्यक्ष केपी शर्मा ओली उठेको झापा ५ मा ओलीले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार ओलीले १६६५ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ११५१ मत प्राप्त गरेका छन् ।

अव बन्ने वाम गठबन्धन सरकारको प्रधानमन्त्री बन्न लागेका ओलीको यो क्षेत्रले सबैको ध्यान खिचेको छ ।

देशभर वाम गठबन्धनले अग्रता तथा विजयी हासिल गरिरहेको छ । झापामा आज दिउँसोबाट मतगणना भएको हो ।

त्यस्तै यहाँ ५ नम्बर प्रदेश क मा एमाले उम्मेदवार हिक्मत कार्कीले १६६५ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका अनिलकृष्ण प्रसाइले ११५१ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्