ललितपुर १ मा नवराज सिलवालको अग्रता कायमै


 


ललितपुर, मंसिर २२
प्रतिनिधि सभा ललितपुर क्षेत्र नं १ मा एमाले उम्मेदवार नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सिलवालले २६०४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी अर्थराज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार उदय शमशेर राणाले २२९९ मत ल्याउँदै पछ्याइरहेका छन् ।

ललितपुर १ मा ६५९१८ मत खसेको छ । नेपाल प्रहरीको वरियताक्रममा १ नम्बरमा रहेका सिलवालाई प्रचण्ड र देउवा सरकारले प्रहरी प्रमुख बन्नबाट रोकेको थियो ।

लगत्तै सिलवालले आफू अन्यायमा परेको भन्दै जनतामा जानको लागि राजनीतिमा लागेको बताउँदै आएका छन् । उनी केही समयअघि एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्