काठमाडौँ ९ मा एमाले र १० मा कांग्रेसको अग्रता


 


काठमाडौँ,  मंसिर २२

काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिनुभएको छ । काठमाडौँ ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गर्नुभएको छ । काठमाडौँ ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको हो ।

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ । काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ ।रासस

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्