मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछ्याउँदै ( ताजा परिणाम )


 


मोरङ ,मंसीर २२

मोरङमा मतगणना जारी रहेकाे छ। क्षेत्र नम्बर ६ मा शेखर कोइराला र लालबाबु पण्डितबीच प्रतिस्पर्धा छ।

कांग्रेसका कोइराला भन्दा वाम गठबन्धनका लालबाबु अगाडि छन् । शेखर कोइराला ४४९६ मत ल्याएका छन् भने लालबाबु पण्डित ५३१२ मत छ ।

त्यस्तै मोरङ १ मा समेत एमालेको अग्रता छ । एमालेका घनश्याम खतिवडा ३२८४ मत ल्याएका छन् भने कांग्रेसका डिक बहादुर लिम्बुले ३०७७ मत पाएका छन् ।

सँगै मोरङ ४ मा माओवादीका अमनलाल मोदी अगाडि छन् । माओवादीका मोदीले ३९९९ मत ल्याएका छन् भने कांग्रेसका  महेश आचार्य २५८९  मत पाएका छन्।

उता मोरङ ३ मा समेत एमालेको अग्रता छ । एमालेका भानुभक्त ढकालले २७३३ मत पाएका छन् भने कांग्रेसका सुनिल शर्माले २४०० मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्