प्रचण्डको चुनावी क्षेत्रबाट यस्तो आयो नतिजा


 


चितवन, मंसिर २२
यो चुनावमा केही यस्ता क्षेत्रहरु छन्, जसले देशकै ध्यान खिच्न सफल भएको छ । यस्तै मध्येको एक हो चितवनको निर्वाचन क्षेत्र नं ३ ।

यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका नेता एंव चर्चित ठेकेदार विक्रम पाण्डेबीच प्रतिस्पर्धा छ ।

यहाँ पनि भर्खर मात्र प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार प्रचण्डले अग्रता लिएका छन् । यहाँ प्रचण्डले ८१ मत ल्याउँदा पाण्डेले १९ मत प्राप्त गरेका छन् ।

यस्तै चितवन क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले ६८ र शेषनाथ अधिकारीले २७ मत प्राप्त गरेका छन् । चितवनमा तीनवटा निर्वाचन क्षेत्र छ । १ को भने नतिजा आएको छैन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्