काठमाडौं क्षेत्र नम्बर १: कांग्रेसका प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा (अपडेट)


 


काठमाडौं ,मंसीर २२

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार प्रकाशमान सिंहले १७ सय ७ मत प्राप्त गरेका छन् भने रवीन्द्र मिश्रले १०९६ मत प्राप्त गरेका छन्।

वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अनिल शर्माको भने ६ सय ५७ मत मात्र छ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्