प्रतिनिधि सभामा सुदन किराँती ३२ सय मतले अगाडि


 


भोजपुर, मंसिर २२
भोजपुरमा प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती आफ्ना प्रतिद्धन्द्धी भन्दा ३२ सय मतले अगाडि बढेका छन् ।

किराँतीले ८३४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले ५१४५ मत ल्याएका छन् । यो मतको अन्तर भनेकोे ३२०१ हो ।

अहिलेसम्म १५७०३ मत मात्र गणना भएको छ । प्रतिनिधि सभाका लागि भोजपुरमा ६५ हजार ९५८ मत खसेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्