गगनलाई पछि पारे राजनले, कसको मत कति ?


 


काठमाडौं, मंसिर २२
चर्चित निर्वाचन क्षेत्रको रुपमा रहेको काठमाडौं ४ मा एमाले उम्मेदवार राजन भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

यहाँ कांग्रेसका युवा नेता गगन थापा भट्टराईलाई पछ्याइरहेका छन् । भट्टराईले १२३९ मत प्राप्त गरेका छन् भने थापाले १०४१ मत ल्याएका छन् ।

एमाले र कांग्रेसका दुबै चर्चित युवा नेता भएका कारण यो क्षेत्र सबैको चर्चा र चासोको निर्वाचन क्षेत्र परेको छ ।

गगन यही क्षेत्रबाट ०७० सालमा निर्वाचित भएका थिए भने राजन समानुपातिक सांसद थिए ।

भट्टराईले बौद्धिक नेताको परिचय बनाएका छन् । भने गगन भाषण कलामा पोक्त मानिन्छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्