शेरधनले मतान्तर ६ हजार पुर्याए, अब कति छ गन्न बाँकी ?


 


भोजपुर मंसिर २२
प्रदेश सभा भोजपुर (ख) का एमाले उम्मेदवार शेरधन राईले आफ्नो अग्रतालाई तिब्र पारेका छन् ।

अहिलेसम्म राईले झण्डै छ हजार मतान्तरले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म गनिएको १३ हजार ४८३ मतमा राईले ८ हजार ९७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ३ हजार ११८ मत ल्याएका छन् ।

यो मतको अन्तर भनेको ५ हजार ८५४ हो । यो क्षेत्रमा ३१ हजार मत खसेको थियो । अब १७ हजार ५१७ मत गन्न बाँकी छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्