डन दिपक मनाङ्गे प्रदेश सांसदमा निर्वाचित


 


काठमाडौं, मसिर २२
हिमालपारिको जिल्ला भनिने मनाङमा प्रदेशसभा (ख) मा डनको रुपमा प्रख्यात स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले एक हजार ४१० मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङ ३९० मतले पराजित भए । उनले एक हजार २० मत प्राप्त गरेका थिए ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएका थिए ।

जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

 

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्