गोरखा–२ बाट आयो यस्तो परिणाम, बाबुरामले छाडे नारायणकाजीलाई (कसको मत कति ?)


 


गोरखा, मंसिर २२
सर्वाधिक चर्चा र चासोका रुपमा रहेको गोरखा क्षेत्र २ को मतपरिणाम आउने क्रम जारी छ ।

धमाधम मतगणना भइरहेको यहाँ पछिल्लो विवरण अनुसार लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार बनेका नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् ।

उनले फराकिलो अग्रता बनाउन थालेका हुन् । पछिल्लो विवरण अनुसार भट्टराईले ६५३४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी वाम गठबन्धनका माओवादी उम्मदेवार यतिबेला पछाडि धकेलिएका छन् ।

शुरुवाती अग्रता लिएका श्रेष्ठले ५३९९ मत प्राप्त गरेका छन् । यो मतको अन्तर ११ सय बढी हो ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्