खोटाङमा बाम गठबन्धनको अग्रता कायमै, कसको मत कति ?


 


गंगा राई
खोटाङ, मंसिर २२
खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैमा वाम गठबन्धनको अग्रता कायमै छ । सुरुवातदेखि नै वाम गठबन्धनले अग्रता लिएको यहाँ अहिलेसम्म पनि कायमै छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले सार्बजानिक गरेको परिणाम अनुसार अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका (एमाले) उम्मेदवार बिशाल भट्टराईले ७९७६  र कांग्रेसकी सरस्वती बजिमयले ५१७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले २५७६ मत र (एमाले) का राजन राईले ४०३७ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले २५२७ र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ४२७० मत ल्याउँदै अग्रता कामय गरेका हुन् ।

बेलुका ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कुल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्