भोजपुरमा शेरधन पाँच हजार, सुदन ८ सय र राजेन्द्र ९ सय मतले अगाडि


 


भोजपुर, मंसिर २२
मतगणना जारी रहेको भोजपुरमा वाम गगठबन्धनले स्पष्ट अग्रता लिइरहेको छ ।

अहिलेसम्म प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले एक हजार मतले अग्रता लिइरहेका छन् । उनले ३५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उमेशजंग रायमाझीले २७६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले एक हजार मतले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

उनले २४७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङले १५९१ मत प्राप्त गरेका छन् ।

उता प्रदेश सभा (ख) मा भने एमाले उम्मेदवार शेरधन राईले ४७ सय मतको अन्तरले अग्रता हासिल गरेका छन् । उनले ७१५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले २३६१ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्