भोजपुरमा वाम गठबन्धनका तीनै जना उम्मेदवार अगाडि, कस्को मत कति ?


 


भोजपुर, मंसिर २१
भोजपुरमा वाम गठबन्धनका तिनै जना उम्मेदवार अगाडि बढेका छन् । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन् ।

प्रतिनिधि सभामा वाम गठबन्धका माओवादी उम्मेदवार सुदन किराँतीले १६९८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीले १२५१ मत ल्याएका छन् ।

शुरुवाती अग्रता रायमाझीले लिए पनि यतिबेला किराँतीले अग्रता लिन थालेका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ८३४ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले ५४१ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले २३६५ ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ८७९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्