दीपक मनाङ्गे थोरै मतान्तरले मात्र अगाडि


 


काठमाडौं, मंसिर २१

मतगणनाको सुरुवामा ठूलो मतान्तरका साथ अग्रता लिएका मनाङ–२ का स्वतन्त्र उम्मेदवार पछिल्लो समयमा जम्मा १३ मतले अगाडि देखिएका छन्।

वामगठबन्धन समर्थित मनाङेले ४ सय ३७ मत ल्याउँदा कांग्रेस उम्मेदवार कर्मा गुरुङले ४ सय २४ मत ल्याएका छन्।

प्रतिनिधि सभामा भने वामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङले झण्डै साँढे २ सय मतले अग्रता हासिल गरेका छन्।

एमालेका गुरुङले ७ सय १० मत ल्याउँदा कांग्रेसका टेकबहादुर गुरुङले ४ सय ५१ मत ल्याएका छन्।

प्रदेश सभातर्फ पनि एमालेकै उम्मेदवार अग्रस्थानमा छन्।

एमाले उम्मेदवार डोर्डी डङ्गेल गुरुङले ३ सय ५२ मत ल्याउँदा कांग्रेसका चिन्ता घलेले २ सय ६७ मत पाएका छन्।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्