मतपेटिकाको सुरक्षार्थ प्रहरीद्वारा हवाई फायर


 


तुलसीपुर, दाङ, मंसिर २१

स्थानीय अरनिको मैदानमा केहीबेर अगाडि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

सो मैदानभित्र मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्ति प्रहरीलाई हातपात गरी जबरजस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो । प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएको छ ।


अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछि मात्र त्यहाँका मतपेटिकालाई घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने इप्रका तुलसीपुरका प्रमुख सुधीर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्