खोटाङमा विशाल भट्टराईको अग्रता कायमै


 


खोटाङ, मंसिर २१
प्रतिनिधि सभा तर्फ खोटाङमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले फराकिलो अग्रता कायम राखेका छन् ।

उनले १५३० मत ल्याउँदा उनका प्रतिस्पर्धी सरस्वती बजिमयले १०४२ मत प्राप्त गरेकी छिन् ।

भट्टराईले यहाँ फराकिलो मतान्तरले जित्ने वाम गठबन्धनको दावी छ । त्यस्तै प्रदेश सभामा पनि वाम गठबन्धका उम्मेदवार अगाडि छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्