हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता


 


हुम्ला,मंसिर २१

हुम्लामा मतगणना जारी रहेकाे छ। बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ १ हजार २७४ मतगणना भएको छ।

यहाँ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलार्इ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्जे लामाले २सय५६ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका मंगल बहादुर शाही २३४ पाएका छन्। अहिलेसम्म १३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्