भोजपुर प्रदेश सभा (क) मा राजेन्द्रलाई शुरुवाती अग्रता


 


भोजपुर, मंसिर २१
भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् ।

राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर राई काङमाङले ३४९ मत प्राप्त गरेका छन् ।

अहिले मतगणन भएको क्षेत्र दोभाने र खाटाम्मा हो । यो क्षेत्र अजम्बरको प्रभाव भएको क्षेत्र मानिए पनि राजेन्द्रले अग्रता लिएका हुन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्