सिन्धुपाल्चोकमा माओवादीका अग्निप्रसाद सापकोटाको प्रारम्भिक अग्रता


 


सिन्धुपाल्चोक,मंसीर २१

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।  बिहीबार साँझ सुरु भएको मतगणनामा पूर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले सात सय ३५ मतसहित अग्रता लिएका हुन्।

 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ३३५ मत ल्याएका छन्।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्