शान्तिपूर्ण र उत्साहजनक मतदान, ६७ प्रतिशत मत खस्यो


 


काठमाडौं, मंसिर २१

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको दोश्रो चरणको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४५ जिल्लाबाट ६७ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो । त्यसमध्ये गुल्मीमा सबैभन्दा बढी ७१ प्रतिशत मतदान भएको आयोगको भनाई छ।


त्यसैगरी पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले जनाएका छन्।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्