भोजपुरमा यतिबेला कहाँ-कहाँको मत गणना हुँदैछ ?


 


भोजपुर, मंसिर २१
यतिबेला भोजपुरमा धमाधम मतगणना भइरहेको छ । र, अबका केहीबेरमा प्रारम्भिक नतिजा सार्वजनिक हुन लागेको छ ।

यतिबेला प्रतिनिनिधि सभाका लागि ४ वटा मतदान केन्द्रको मत गणना भइरहेको छ ।

गणना भइरहेकोमा सााल्पासिलिछो गाउँपालिका वडा नं ६ दोभानेको सालेवा मावि (ख) केन्द्र, हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा रहेको निर्मला प्रा.वि, आमचोक गाउँपालिकाको वडा नं २ को गा.वि.स भवन राँके बजार र साल्पासिलिछोे गाउँपालिका वडा नं ४ खाटम्माको जाल्पा प्रावि मतदान केन्द्रको गणना भइरहेको छ ।

प्रदेश सभा १ मा साल्पा सिलिछो गाउँपालिकाको ५ को इन्द्रवती मावि (क) केन्द्र र ४ को जाल्पा मावि (ख) केन्द्रको मतगणना भइरहेको छ । यी केन्द्रमा ८२४ मत छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र न. २ मा हतुवागढी गाउँपालिका ६ होम्ताङको प्रजातन्त्र मा.वि (ख) केन्द्र र आमचोक गाउँपालिका २ यँ को गाविस भवन राँके बजारको मत गणना भइरहेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्