काग्रेस कार्यकर्ताद्धारा यसरी भयो काठमाण्डौँ महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार


 


काठमाडौँ, मंसिर २१

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार भएको जनाइएको छ ।

आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुव्र्यवहार गरेको प्रमुख शाक्यले राससलाई जानकारी दिनुभयो ।

“महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुव्र्यवहार भयो” उहाँले भन्नुभयो ।
प्रहरीले प्रमुख शाक्यमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवास नजिकै रहेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्