भोजपुरमा मतगणना शुरु, केही घण्टामा प्रारम्भिक मतपरिणाम आउँदै


 


भोजपुर, मंसिर २१
मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भोजपुरमा शुरु भएको छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा अहिले पाँच बजेदेखि मतगणना कार्य शुरु भएको हो ।

यहाँ तीनवटा कोठाबाट धमाधम मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मतगणना भइरहेको छ ।

प्रतिनिधि सभाको एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाको दुई ठाउँ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोजपुरमा कुल मतदाता १ लाख १३ हजार ८ सय ९१ जना छन् । क्षेत्र  न १ मा ५८ हजार ४ सय ४९ र क्षेत्र नं २ मा ५५ हजार ४ सय ४२ छन् ।
प्रतिनिधि सभाका लागि भोजपुरमा ६५ हजार ९ सय ५८ मत खसेको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं १ मा ३४ हजार ९ सय ५८ मत खसेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र न. २ मा ३१ हजार मत खसेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्