राष्ट्रकवि घिमिरेद्वारा मतदान


 


काठमाडौँ, मंसिर २१

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्