मतदान गर्ने क्रममा २ को मृत्यु


 


पाल्पा, रामपुर, मंसिर २१

पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो ।

त्यस्तै डोटीकाे  खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्