सिके राउत प्रकाउ


 


धनुषा, मंसिर २१
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए ।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन् । उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्