सिके राउतको गाउँमा मतदान शुरु भएन


 


सप्तरी, मंसिर २१
यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन । सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।

त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा रहेका छन् । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत प्रदेश नं २ को सप्तरी जिल्लाका बाँकी सबै मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लासपूर्वक मतदान भइरहेको समाचार छ ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्