बुधबार राति शक्तिशाली भुकम्पको धक्का महशुस


 


दार्चुला, मंसिर २०
बुधबार राती ९ बजेर ४ मिनेटमा दार्चुलासहित प्रदेश नम्बर सातका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
दार्चुला बाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी दिए । भूकम्पले कुनै भौतिक क्षति पुर्याएको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्