जिल्लामै पहिलो पटक मतगणनास्थलमा सिसि क्यामरा जडान


 


गुल्मी, मंसिर २०

गुल्मी जिल्लामा पहिलोपटक मतगणनास्थलमा सिसी क्यामरा जडान गरिएको छ ।

जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रको मतगणना कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना कक्षमा सिसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार मुख्य निर्वाचन कार्यालय रहेको भवनको पहिलो तलामा १ नं क्षेत्रअन्तर्गत २ प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको मतगणना हुने भएको छ भने त्यस नजिकै रहेको जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ नं क्षेत्रको मतगणनास्थल बनाइने भएको छ ।

मतगणनास्थल रहेका भवनका दुई वटा द्वारमा सुरक्षा निकायले काँडेतार लगाएर सुरक्षा दिने भएको छ । गुल्मीमा मंसिर २२ गते बिहानदेखि मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्