राति १२ बजेबाट यी जिल्लामा चल्दैनन् सवारी साधन


 


काठमाडौं, मंसिर २०
दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ४५ जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।

गृह मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो ।


मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्