आज पनि घट्यो सुनचाँदीको भाउ, किन्ने होइन ?


 


काठमाडौं, मंसिर २०
साताको पहिलो दिनदेखी नै घटिरहेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदी पाँच रुपैया घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५५ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ७ सय ३० रुपैयाँ थियो ।

मंसिर महिनामा सुनको भाउ सस्तिएपछि विवाह गर्ने जोडीहरुलाई फाइदा पुगेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्