रबि लामिछानेले विज्ञापन खेलेको अम्बे सिमेन्टको इजाजत किन भयो रद्द ?


 


काठमाडौँ, मंसिर २०
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ ।

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए ।

यो सिमेन्टको विज्ञापनमा चर्चित पत्रकार रबि लामिछानेको मोडलिङ थियो ।

उनले भन्ने गर्थे– अम्बे सिमेन्ट, यो देशको शिर उच्च राख्दै । तर सिमेन्टले भने नेपालीहरुलाई ठग्दै आएको पुष्टि भएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्