बबी कसरी यौन व्यवसायमा लागिन ? यस्तो छ उनको हृदयविदारक कथा


 


बबी तामाङ, तेस्रो लिंगी :

छोरो भएर जन्मे । हुर्कदै जाँदा छोराको भुमिका निर्वाह गर्न सकिनँ । सबै ताहना छोरीको जस्तो भयो ।  छोरीकै कपडा लगाउन थालेँ ।

छोरा मान्छे मन पर्न थाल्यो । घरपरिवार तथा समाजमा गिज्याउने पात्र बनाए । हेला र गलत दृष्टिकोणले हेर्न थाले । प्रकृतिले त्यस्तो बनायो, यसमा हाम्रो के दोष ?

पढ्दै थिएँ, शिक्षक र साथीको हेलाले पढ्न छोड्नुपर्यो । अभिावकले गाली गरेर घरबाट निकाले । कहाँ जाने के गर्ने कसैले काम दिँदैन ।सरकारले पनि वास्ता गरेन । अनि अन्तिम विकल्प बन्यो देहव्यापार ।

एक दुई हजार रुपैयाँका लागि चिसोमा बस्न कसलाई रहर लाग्छ र तर बाँच्नको लागि खान लाउन त पर्यो नि । काम गर्ने अवसर पाए गथ्र्यौँ ।

मौका पाउनेले गायक मोडल व्यवासायी बनेका छन् । सरकारले पनि तेस्रो लिंगीका लागि केही सोच्नुपर्छ । आफैलाई बेचेर जीवन चलाउँदा नि सुख छैन ।

पुलिसे लैजान्छ, हप्ता दिन राखेर दसपन्ध्र हजार धरौटीमा छोड्छ । फेर त्यो पैसा तिर्न सडकमै जानुपर्छ । सरकारले केही व्यवस्था गरिदिए यौन पेसा त्याग्ने थिए । पत्रकार हामीसंग ग्राहक बनेर आउँछन् ।

हाम्रो काममा बारेमा यस्तो,उस्तो गर्छन्, समाज विगार्छन् भनेर समाचार लेख्छन् । तर समस्या समाधान के गरेर हुन्छ भनेर लेख्दैनन् ।शरद अधिकारीले यो खबर नागरिक दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्