नेपाली सेनाले किन यति धेरै हेलिकप्टर किन्दैछ ?


 


काठमाडौं, मंसिर २०
सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ ।

विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।

यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद ?

इटालियनः २ (१४ सिट)

इन्डोनेसियाः २ (ट्रेनर जहाज)

फ्रान्सः १ (फिक्स्ड विङ/कार्गो)

अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट)

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्