भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान


 


काठमाडौँ, मंसिर १९
भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ ।

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्