निर्वाचनको मुखैमा गुप्तचर विभागले दियो यस्तो रिपोर्ट, एमालेलाई फाइदा कांग्रेसलाई झड्का !


 


काठमाण्डौ, मंसिर १८
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् ।

तर विभागको रिपोर्टले एमाले सबैभन्दा ठूलो दल बन्ने अनुमान गरेको छ भने बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने देखाएको छ ।

गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ ।

त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।

रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०–३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०–६० सीट पुग्ने देखाइएको छ । एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत ९१३८ सीट० सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्