होण्डा मेट्रो गठाघर भक्तपुरका सेवाग्राही श्रेष्ठले पाए एक लाख पुरस्कार


 


भक्तपुर, मंसिर १८
भक्तपुर गठाघरस्थित मेट्रो अटो सेण्टरबाट डिओ स्कुटी खरिद गर्दा होण्डा दशै तिहार स्किम अन्तर्गत स्क्र्याच कार्ड मार्फत रामकृष्ण श्रेष्ठले १ लाख नगद जितेका छ्न ।

एक लाख नगद पुरस्कार पाएपछि खुसी हुँदै श्रेष्ठले भने – धेरैले उपहार राख्छ्न तर परो परेन दिन्छन् दिदैन थाहा नै पाइदैन । तर होण्डा सो रुम गठाघरबाट मलाई खबर भयो र साच्चै मैले एक लाखको चेक प्राप्त गरे, उनले थपे धन्यवाद मेट्रो अटो सेण्टरका सन्चालकलाई ।

होण्डाको सोरुम गठाघरबाट यसअघि भएको होण्डा मिस भक्तपुरलाई समेत होण्डा डिओ पुरस्कार प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा होण्डा मिस भक्तपुर बनेकी एलिना खड्काले स्कुटी नामसारी गरेपछि भनिन, मैले नसोचेको पुरस्कार पाए, म मिस भक्तपुर भएपछि मेरो नर्सिङ पेसा कसरी सम्हाल्ने होला भन्ने चिन्ता थियो तर होण्डा सोरुम गठाघरले मेरो चिन्ता मात्रै दुर गरेन, पाँच बर्षसम्म निःशुल्क सर्भिस समेत दिने जानकारी गरायो, मेरो खुसिमाथी खुसी थप्ने होण्डा परिबारलाइ धन्यबाद ।

त्यसैगरी भक्तपुरका खेलाडीहरू लाइ प्रोत्साहन गर्ने उदेश्यले यसअघि होण्डाकै ब्यानरबाट ब्याडमिन्टन प्रतियोगिता गराइ सिल्ड समेत लिएको बताउँछ्न होण्डा सो रुम गठाघरका एमडी मिलन सिग्देल ।

यस बर्ष मार्केट शेयरमा अब्बल रहने गरि योजना बनाएको, बार्षिक १५ सयको हाराहारीमा होण्डा मोटरसाइकल, स्कुटी बिक्रि गर्ने योजना रहेको जानकारी पनि उनले दिए ।

होण्डा भन्ने बितिकै ब्राण्ड इमेज राम्रो भएको बलियो, भरपर्दो र माइलेज बढी दिने बाइकको रुपमा चिनिएको छ । यसैले ग्राहकको नम्बर वान रोजाइमा परेको उनले जनाए ।

मर्मत खर्च न्यून भएको बाइकको सर्भिस दिनको लागि आधुनिक वर्कसप र जेन्युन स्पेयरपार्ट्स को ब्यबस्थापन भएकोले पनि गठाघर को सोरुम राम्रो संचालन भइरहेको उनको भनाइ छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अबका दिनमा भक्तपुरबासीलाइ सेवा पुग्ने कार्यक्रमको निरन्तरता दिने बताउदै सिग्देलले भने हाम्रा प्रतिस्पर्धिको तुलनामा छोटो अबधि मा नै हामी अगाडि बढिरहेकोमा सन्तोष मानेका छौ तर अझ मेहिनत गरेर ग्राहकलाई अधिकतम सन्तुष्टि दिनेछौ उनले भने ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्