मालपोत कार्यालयका कर्मचारी घुस लिदाँलिदै पक्राउ


 


काठमाडौं, मंसिर १८
मालपोत कार्यालय कंलकीका २ जना कर्मचारी घुस लिदाँलिदै पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस लिँदालिँदै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल रहेका छन् ।
उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्