चपली बम काण्डमा काग्रेस नेता गगन थापा सहित को–को परे ? (नामावली सहित)


 


काठमाण्डौँ, मंसिर १८
बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा बम आक्रमणमा परेका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू मुस्किलले जोगिएको बताएका छन् । आफूलाई मार्नका लागि फिट गरिएको बममा साथीहरु परेको उनले बताएका हुन ।


अहिले उनी सहित घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा रहेका कांग्रेस कार्यकर्ताहरुले आफूहरु र आफ्ना नेतालाई मार्नको लागि सुनियोजित रुपमा आक्रमण गरिएको बताए । उनीहरुले दोषीमाथि तुरन्त कारबाही गर्न समेत माग गरेका छन् । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बाँकी सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन ।
गम्भीर घाइते र घाइतेहरुको नामावली

जय राज लामिछाने-२७ वर्ष  गम्भीर
राजकाजी श्रेष्ठ-३९ वर्ष गम्भीर
रेनु बरुवाल-३२ गम्भीर
श्याम कृष्ण श्रेष्ठ- गम्भीर
रोशन राम थापा-५२ वर्ष सामान्य
ध्रुब खड्का – ४० वर्ष  सामान्य
पुष्पबहादुर श्रेष्ठ- ४७ वर्ष सामान्य
सुमन खड्का- २३ सामान्य
गगन थापा ४० वर्ष- सामान्य
राधिका कार्की- ४४ सामान्य
काशीलाल श्रेष्ठ- ४७ वर्ष सामान्य

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्