काठमाण्डौको चपलीमा बम बिस्फोट, काग्रेस उमेद्वार गगन थापा घाइते


 


काठमाण्डौँ, मंसिर १८
काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरु केहिको अवस्था गम्भिर रहेको छ ।
काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदैलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ ।


थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
विस्फोट कसले गरायो भन्न खुल्न सकेको छैन । अहिले प्रहरीले आसपासका स्थानमा सुरक्षा ब्यबस्था कडा पारेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्