यसकारण केपी ओलीले आफैँलाई भोट हाल्न पाउदैनन्


 


काठमाण्डौ, मंसिर १८
झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा नजाने भएका छन । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली आज काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने जनाइएको छ ।


उनी भोली मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा उनले आफैलाई पनी भोट नहाल्ने भएका हुन ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्