के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिए ? नआत्तिनुस्, यस्तो आयो घरबहाल कानुन


 


काठमाडौं, मंसिर १८
के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन ।

आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन ।

घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।

आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ ।

कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिनरदिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन । घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ ।

तर, त्यसपछि बहालमा लिने÷दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन् । नयाँपत्रिका

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्