तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल मंसिर १८ गते, सोमबार। इश्वी सन् २०१७ डिसेम्बर ४ तारिख। हेमन्त ऋतु,  नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा तिथि , १९:५७ बजेउप्रान्त द्वितीया । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

व्यापार व्यवसायबाट सफलता मिल्नेछ । धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

वृष

दाम्पत्य जिवन सुमधुर बन्ला । आफन्तको सहयोगले मन प्रफुल्ल होला ।  विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन

तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।  धन आर्जन हुने योग छ ।

कर्कट

साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् ।  व्यपार व्यवसायमा सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

सिंह

तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । नयाँ कामको अवसर मिल्नेछ । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

कन्या

आफन्तसँग रमाइलो भेटघाट होला । परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् ।

तुला

अध्ययनमा सफलता मिल्नेछ । सोचेका कामहरु बन्नेछन् ।  खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

वृश्चिक

चिताएका कुराहरु पुरा हुनेछन् । आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । आजको दिन तपाइको शुभ रहनेछ ।

धनु

नयाँ मानिसहरुसँग भटघाट हुनेछ ।  बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

मकर

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

कुम्भ

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

मीन

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्