के सहमती गरे प्रचण्डले बाँदरमुढे घटनाका पिडितहरु संग ?


 


चितवन ,मंसिर १७
चितवन ३ का उम्मेदवार तथा प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् ।
आज माडिमा बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच तीनबुँदे सहमति भएको छ । सहमतिमा प्रचण्डले बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।


घटना भएदेखि अहिलेसम्मको घाइतेलाई उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा परेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना माडी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि भएको छ ।
त्यस्तै बाँदरमुढेमा १० विगा क्षेत्रफलमा स्मारक, नमूना संग्राहलय तथा चिडियाघर निर्माण गर्ने र माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरुबीच भएको छ । सहमतिपत्रमा प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरेले हस्ताक्षर समेत गरेका छन् ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्