यसरी पक्राउ परे गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत


 


काठमाडौं, मंसिर १७

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन । बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।


असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो ।

यसअघि प्रहरीले यसअघि प्रहरीले हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यस्तै हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन ।

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेपनि अझैं अरु ७ जना फरार नै छन् ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्