नेपाली नेपालीको झडपमा मलेसियामा १ को मृत्यु


 


मलेसिया,मंसिर १७
मलेसियामा नेपाली नेपाली झगडा हुदां एक को मृत्यु भएको छ । मलेसियाको काम्पुङ आचेमा शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।
उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उनी फरार रहेको बताइएको छ ।
शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्