बम विस्फोटको खुल्न थाल्यो रहस्य, भाडामा मान्छे परिचालन !


 


काठमाडौं, मंसिर १७
प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगारनी बढाउने गरेपछि भाडाका मान्छेहरु परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ । गृहमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो ।

सुरक्षा निकायले निगरानी बढाएपछि विप्लव माओवादीले केही रकम दिएर भाडाका मान्छेहरु विस्फोट गराउने र त्रास फैलाउने काममा प्रयोग गरिरहेका सुचना प्रहरीले पाएको छ । तर संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

विप्लव माओवादीलाई राजनीतिक शक्तिका रुपमा हेर्ने कि विद्रोही शक्तिका रुपमा हेर्ने भन्ने अन्योलका बीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई निरन्तर दिइरहेछन् ।

विप्लव माओवादीका केन्द्रिय स्तरका नेता पक्राउ गर्न सकियो भने विस्फोटका घटनामा कमी हुने प्रहरीले अांकलन गरे पनि गृहबाट स्पष्ट निर्देशन आउन नसक्दा उक्त रणनीति अघि बढ्न सकेको छैन । कान्तिपुरबाट

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्