भोट माग्ने नयाँ शैली, स्थानीय सबै चकित


 


सुनसरी , मंसिर १६
नेपालमा रोबोट प्रयोग गरेर भोट माग्ने नयाँ शैली अपनाउन थालिएको छ । सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले आफ्नो चुनावको प्रचारमा रोबटको प्रयोग गरेका छन् ।

उनले प्रयोगमा ल्याएको रोबोटले ‘जय नेपाल’ आवाज निकाल्दै प्रचार सामाग्री बाँड्ने र आसन्न निर्वाचनका लागि हेमकर्णलाई रुखमा भोट हालेर जिताउन समेत आग्रह गर्ने गरेको छ ।

रोबोटबाट चुनाव प्रचार गरेको पूर्वी नेपालकै लागि नौलो हो । उम्मेदवार पौडेलले जनतासँग भोट माग्ने नयाँ प्रविधि अपनाउँदा इटहरीको चुनावलाई पनि रोमाञ्चक बनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्